कैलालीमा चट्याङ लागेर दुईको मृत्यु , ६ जना घाइते

कैलाली | असार १२, २०८१

कैलालीमा चट्याङ लागेर दुईको मृत्यु , ६ जना घाइते

कैलाली:     कैलालीका दुई स्थानमा बुधबार बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । चट्याङ लागेर ६ जना घाइते भएका छन् ।


जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बिहान करिब साढे सात बजे जोशीपुर गाउँपालिका–३ भितरियामा चट्याङ लागेर ३१ वर्षीय जयराम डगौराको निधन भएको छ । 


आफ्नो घरदेखि करिब तीन सय मिटर टाढा खेतमा आली बनाइरहेका जयराम चट्याङ लागेर घाइते भएका थिए । दुर्घटनापछि घाइते जयरामलाई आफन्तले उपचारको लागि स्थानीय एक क्लिनिकमा पुराएकोमा उपचार क्रममा निधन भएको हो ।


बुधबार बिहान ८ बजेतिर धनगढी उपमहानगरपालिका– १८ एफगाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङ लागेर मृत्यु भएको छ । घर नजिकको खेतमा रोपाई गरिरहेका शालिम चट्याङ लागेर घाइते भएकोमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

आज  बिहानको चट्याङबाट कैलालीको जानकी गाउँपालिका–४ बेलपुरका २९ वर्षीया रिता कठरिया, २३ वर्षीया सुस्मा डगौरा, भजनी नगरपालिका–६ का ५५ वर्षीय राम बहादुर चौधरी र घोडाघोडी नगरपालिका–९ बुदेनीका ९ वर्षीया सरस्वती भुल, ७ वर्षीया पारु कठायत तथा १० वर्षीया खिमा कठायत घाइते भएका छन् ।

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्